दफा ५००
दायित्व पूरा नगरेमा क्षतिपूर्ति व्यहोर्नु पर्ने

(१) दायित्व पूरा गर्नु पर्ने व्यक्तिले दायित्व पूरा नगरेको वा दायित्व पूरा गर्न विलम्ब गरेको कारणबाट अन्य कसैलाई कुनै किसिमले हानि, नोक्सानी भएमा त्यसरी भएको वास्तविक हानि, नोक्सानी वापतको क्षतिपूर्ति निजले व्यहोर्नु पर्नेछ ।
(२) दायित्व पूरा गर्नु पर्ने व्यक्तिले जालसाज गरी दायित्व पूरा नगरेको वा नियतवस वा लापरवाहीको कारणबाट कुनै किसिमले हानि, नोक्सानी भएमा त्यसरी भएको हानि, नोक्सानी वापतको क्षतिपूर्ति निजले व्यहोर्नु पर्नेछ ।